मस्कदेखि जुकरबर्गसम्म: अर्बपतिहरूको खर्च र लगानी कहाँ–कहाँ?

1200x150_1200x150-01.jpg (1)

एजेन्सी , कार्तिक ६ –

विश्वका धनी उद्यमीहरू इलन मस्क, जेफ बेजोस, ल्यारी पेज, सर्गेई ब्रिन र मार्क जुकरबर्गले विलासी जीवनसँगै प्रविधि, अन्तरिक्ष, स्वास्थ्य अनुसन्धान र परोपकारी क्षेत्रमा ठूलो लगानी गर्दै आएका छन्।

इलन मस्कको सम्पत्तिको ठूलो हिस्सा टेस्ला, स्पेसएक्स र एआईसम्बन्धी व्यवसायमा छ। उनको लगानी विद्युतीय सवारीसाधन, अन्तरिक्ष प्रविधि र कृत्रिम बौद्धिकताको विकासमा केन्द्रित छ।

जेफ बेजोसले अमेजनबाहेक ब्लु ओरिजिनमार्फत अन्तरिक्ष प्रविधिमा लगानी गरेका छन्। उनी महँगो निजी याट, घरजग्गा र परोपकारी कार्यका कारण पनि चर्चामा छन्।

ल्यारी पेज र सर्गेई ब्रिनको सम्पत्तिको प्रमुख आधार गुगलको माउ कम्पनी अल्फाबेटमा रहेको स्वामित्व हो। पेजले घरजग्गामा ठूलो रकम खर्च गरेका छन् भने ब्रिनले स्वास्थ्य अनुसन्धान, स्नायु रोगको उपचार र जलवायु परिवर्तनसम्बन्धी काममा सहयोग गर्दै आएका छन्।

मार्क जुकरबर्गको सम्पत्तिको मुख्य आधार मेटामा रहेको सेयर हो। घरजग्गामा ठूलो लगानी गरेका उनले मेटामार्फत एआई, डाटा सेन्टर र कम्प्युटिङ पूर्वाधार विकासमा पनि ठूलो रकम खर्च गरिरहेका छन्।

अर्बपतिहरूको कुल सम्पत्ति बैंक खातामा रहेको नगद मात्र नभई कम्पनीका सेयर, व्यवसाय र अन्य सम्पत्तिको बजार मूल्यसमेत हो। त्यसैले सेयर बजारमा हुने उतारचढावसँगै उनीहरूको सम्पत्तिको मूल्य पनि परिवर्तन भइरहन्छ।

सम्बन्धित पोस्टहरुः