दक्षिण अफ्रिकाको जितपछि डब्ल्यूटीसी अंकतालिका रोमाञ्चक, भारत पाँचौँ स्थानमा

1200x150_1200x150-01.jpg (1)

एजेन्सी , कार्तिक ६ –

दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई दोस्रो टेस्टमा एक इनिङ्स र ३१ रनले पराजित गरेपछि आईसीसी विश्व टेस्ट च्याम्पियनसिप (डब्ल्यूटीसी) २०२५–२७ को अंकतालिकामा शीर्ष स्थानको प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ।

तीन खेलको टेस्ट शृंखलाको पहिलो खेल हारेको दक्षिण अफ्रिकाले दोस्रो खेलमा शानदार पुनरागमन गर्दै शृंखला १–१ को बराबरीमा ल्याएको हो। दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा ४२५ रन बनाएको थियो भने अस्ट्रेलिया पहिलो इनिङ्समा ९९ रनमै समेटिएको थियो। दोस्रो इनिङ्समा अस्ट्रेलियाले २९५ रन बनाए पनि हार टार्न सकेन।

यस जितपछि दक्षिण अफ्रिका ६६.६७ प्रतिशत अंकसहित तालिकाको तेस्रो स्थानमा कायम छ। अस्ट्रेलिया ७५ प्रतिशत अंकसहित पहिलो र न्युजिल्यान्ड ७२.२२ प्रतिशत अंकसहित दोस्रो स्थानमा छन्।

यस्तै, बंगलादेश ५५.५६ प्रतिशत अंकसहित चौथो स्थानमा रहँदा भारत ५१.५२ प्रतिशत अंकसहित पाँचौँ स्थानमा छ। इंग्ल्यान्ड ३८.५४ प्रतिशत अंकसहित छैटौँ स्थानमा रहेको छ।

शृंखलाको तेस्रो तथा निर्णायक टेस्टमा हुने नतिजाले अंकतालिकाको शीर्ष स्थानको समीकरणमा थप प्रभाव पार्नेछ।

सम्बन्धित पोस्टहरुः