पाकिस्तानी कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्धित

1200x150_1200x150-01.jpg (1)

पर्सा ,कार्तिक ६ –

पाकिस्तानका टी–२० टोलीका कप्तान साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली याक्समा अनुबन्धित भएका छन्।

कर्णाली याक्सले सामाजिक सञ्जालमार्फत फरहानबारे संकेतहरू दिइरहे पनि औपचारिक घोषणा भने गरेको छैन। फ्रेन्चाइजको उच्च स्रोतले नेपाल प्रेससँग कुरा गर्दै उनलाई टोलीमा ल्याउने निर्णय भएको पुष्टि गरेको छ।

३० वर्षीय फरहानले सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा ३८३ रन बनाएका थिए। उनले एउटै संस्करणमा सर्वाधिक रन बनाउने कीर्तिमान कायम गर्दै भारतका विराट कोहलीको २०१४ मा बनेको ३१९ रनको कीर्तिमान तोडेका थिए।

फरहानले उक्त विश्वकपमा नामिबिया र श्रीलंकाविरुद्ध शतक प्रहार गर्दै एउटै संस्करणमा दुई शतक बनाउने पहिलो ब्याटरको उपलब्धिसमेत हासिल गरेका थिए।

उनको आगमनले कर्णाली याक्सको ब्याटिङ थप मजबुत हुने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्टहरुः