पर्सा , कार्तिक ६ –
श्रीलंकाका पूर्वकप्तान तथा अनुभवी अलराउन्डर एन्जेलो म्याथ्युज आगामी नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्समा आबद्ध भएका छन्।
विराटनगर किंग्सले बिहीबार विज्ञप्ति जारी गर्दै ३९ वर्षीय म्याथ्युजलाई टोलीमा अनुबन्ध गरेको औपचारिक घोषणा गरेको हो।
म्याथ्युजको आगमनले टोलीको ब्याटिङ र बलिङ दुवै पक्ष बलियो हुने तथा युवा नेपाली खेलाडीले उनको अनुभवबाट लाभ लिन सक्ने विश्वास क्लबले व्यक्त गरेको छ।
श्रीलंकाका लागि टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय गरी ४०० भन्दा बढी खेल खेलिसकेका म्याथ्युजसँग अन्तर्राष्ट्रिय क्रिकेट र विभिन्न फ्रेन्चाइज लिगको लामो अनुभव छ।






