आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

1200x150_1200x150-01.jpg (1)

पर्सा , भदौ १९ –

भगवान् श्रीकृष्णको पूजाआराधना गरी आज देशभर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ। भदौ कृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वासअनुसार आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ।

जन्माष्टमीका अवसरमा देशभरका कृष्णमन्दिरमा पूजाआजा, भजनकीर्तन तथा प्रवचन आयोजना भइरहेका छन्। भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णले अन्याय र अत्याचारविरुद्ध सत्य तथा सत्कर्मको पक्षमा मानव समुदायलाई प्रेरित गरेको धार्मिक ग्रन्थमा उल्लेख छ।

यस अवसरमा वीरगंजको प्रसिद्ध गीता मन्दिरमा भक्तजनकोको घुइँचो लागेको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः