नेपाल ‘ए’ टोली लगातार दोस्रो खेलमा पराजित

1200x150_1200x150-01.jpg (1)

पर्सा , भदौ १९ –

अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ टोली एकदिवसीय अभ्यास खेलमा लगातार दोस्रो पटक पराजित भएको छ। डार्विनमा बिहीबार भएको खेलमा नेपाल ‘ए’ साउथ अस्ट्रेलियासँग १३८ रनले पराजित भयो।

२६० रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ २२ ओभर १ बलमा १२१ रनमै अलआउट भयो। रशिद खानले ३७, मयन यादवले २०, दीपक डुम्रेले १८ र कप्तान अनिलकुमार शाहले ११ रन बनाए। साउथ अस्ट्रेलियाका स्पेन्सर जोन्सनले ३ विकेट लिए।

यसअघि साउथ अस्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २५९ रन बनाएको थियो। उसका डाउट्जी होगेनबुजेमले १११ रन बनाए। नेपालका रशिद खानले २ तथा रिजन ढकाल, नारायण जोशी, पवन सर्राफ र लोकेश बलमे १/१ विकेट लिए।

नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा तास्मानियासँग २ विकेटले पराजित भएको थियो। अब नेपाल ‘ए’ ले अन्तिम अभ्यास खेलमा आइतबार न्युजिल्यान्ड ‘ए’ सँग खेल्नेछ।

सम्बन्धित पोस्टहरुः