१० दिनपछि सुरुङबाट जीवितै निकालिएका संजयले भने– ‘म महामन्त्र जप गर्दै बसे थिए ’

1200x150_1200x150-01.jpg (1)

वीरगंज , भदौ १९ –

माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार गरिएका सप्तरीका सञ्जय साहले सुरुङभित्रको अवस्था र आफू कसरी फसेको भन्नेबारे उद्धारकर्मीलाई बताएका छन्।

सुरुङभित्रको कन्ट्रोल रुममा अपरेटरका रूपमा कार्यरत साहका अनुसार बाढी आउँदा आयोजनामा करिब ४०–४५ जना थिए। दुर्घटना भएपछि सबैलाई बाहिर निस्कन भनेको तर अरूलाई सुरक्षित निकाल्ने क्रममा आफू भने बाहिर निस्कन नसकेको उनले बताए।

‘सबैलाई बचाउने क्रममा मेरो टाइम गयो। लास्टमा म निस्किनै पाइनँ अनि म फसेँ,’ उनले नेपाली सेनाका अधिकारीसँग भने।

साहले सुरुङ लामो रहेकाले भित्र अझै धेरै व्यक्ति फसेको हुनसक्ने बताए। आफ्नो सम्पर्कमा भने तीन–चार जना साथी मात्र रहेको उनले जानकारी दिए।

सुरुङभित्र फसेपछि आफूले ‘महामन्त्र’ जप गर्दै बसेको पनि साहले बताएका छन्।

सम्बन्धित पोस्टहरुः