तीन दिने तीर्थाटनका लागि भारत जाँदै रवि लामिछाने

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक ६ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत जाने भएका छन्।

लामिछाने धनगढी हुँदै भारत प्रस्थान गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

भ्रमणका क्रममा उनले परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ।

तीन दिने आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने स्वदेश फर्किनेछन्।

सम्बन्धित पोस्टहरुः