एजेन्सी , कार्तिक ६ –
प्रयोगकर्ताको व्यक्तिगत डेटासम्बन्धी भ्रामक जानकारी दिएको ठहर गर्दै अमेरिकाको न्यु मेक्सिकोस्थित अदालतले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटालाई २५ अर्ब अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको छ।
अदालतमा प्रयोगकर्ताको डेटा संकलन, सुरक्षा र प्रयोगबारे कम्पनीले भ्रामक जानकारी दिएको आरोप लगाइएको थियो। गलत सूचना तथा घृणास्पद अभिव्यक्ति नियन्त्रणका प्रयासबारे पनि कम्पनीले सर्वसाधारणलाई भ्रममा पारेको राज्यको दाबी थियो।
मेटाले भने अदालतको निर्णयप्रति असहमति जनाउँदै पुनरावेदन गर्ने जनाएको छ। यो फैसला डिजिटल प्लेटफर्ममा प्रयोगकर्ताको गोपनीयता र व्यक्तिगत डेटाको प्रयोगसम्बन्धी बहसका बीच आएको हो।







