टेस्ला गाडीको शुल्क विवादमा उच्च अदालतको हस्तक्षेप

1200x150_1200x150-01.jpg (1)

वीरगंज  – टेस्ला मोडल वाई आरडब्लूडी विद्युतीय सवारीसाधनको भन्सार मूल्यांकन तथा शुल्कसम्बन्धी विवादमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले वीरगंज भन्सार कार्यालयका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय जगतबहादुर थापा र वसन्तराज पौडेलको संयुक्त इजलासले काइरोस इन्टरनेसनल प्रालिका तर्फबाट दायर निवेदनमाथि सुनुवाइ गर्दै भन्सार कार्यालयले निवेदक कम्पनीको नाममा पठाएको २०८३ साल असार १९ गतेको पत्र तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

अदालतको आदेशअनुसार उक्त विद्युतीय सवारीसाधनको भन्सार बिन्दुमा कायम गरिएको कारोबार मूल्य ५० लाख रुपैयाँभन्दा बढी भएमा १३० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएर जाँचपास गर्नुपर्नेमा ३५ प्रतिशत मात्रै शुल्क लगाई जाँचपास भएको विषय निवेदनमा उल्लेख छ ।

भन्सार महसुल, स्वच्छ पूर्वाधार लगानी शुल्क, सडक सेवा दस्तुर र मु.अ.करलगायतका विषयमा पछि निर्णय हुँदा कानुनबमोजिम निरूपण हुने भएकाले तत्काल भन्सार कार्यालयको पत्र कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको हो ।

उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम जारी आदेशमा निवेदनको विषयवस्तुको गम्भीरता र थप राजस्वसमेतलाई मध्यनजर गर्दै मुद्दालाई अग्राधिकार प्रदान गरिएको उल्लेख छ ।

यो आदेश अन्तरिम प्रकृतिको भएकाले भन्सार शुल्कसम्बन्धी विवादको अन्तिम निरूपण भने हुन बाँकी छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः