लुटपाटमा संलग्न युवकलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गर्यो

1200x150_1200x150-01.jpg (1)

काठमाडौं । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर लुटपाटमा संलग्न रहेको आरोपमा एक युवकलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, गाम्चामा बिहीबार राति प्रहरीले गोली चलाएर सुजन तामाङलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार पक्राउ पर्ने तामाङ डलर ठगी तथा लुटपाटमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले सस्तोमा डलर साटिदिने भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारेर लुटपाट गर्ने गरेको प्रहरीको निष्कर्ष छ।

प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली चलाउँदा तामाङको दायाँ खुट्टामा गोली लागेको एसएसपी घिमिरेले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः