बारा , कार्तिक १९ –
बाराको पथलैया जंगलमा अचेत अवस्थामा फेला परेका पुरुषको पहिचान खुलेको छ।
जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकबाट करिब एक किलोमिटर उत्तर जंगलमा बिहीबार बिहान फेला परेका अन्दाजी ४२ वर्षीय पुरुषलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० बसपार्क बस्ने सरस्वती थिङले आफ्ना श्रीमान् दूधराज थिङका रूपमा पहिचान गरेकी हुन्।
निजगढ नगरपालिका–१३ रतनपुर स्थायी घर भएका थिङलाई प्रहरीले उद्धार गरी उपचारका लागि वीरगंजस्थित नारायणी न्युरो अस्पताल पठाएको थियो।





