सिरहा, मंसिर ९ –
सिरहाको गोलबजारमा स्कर्पियोको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ।
गोलबजार नगरपालिका–४ निपनिया टोलस्थित सडकमा स्कर्पियोको ठक्करबाट स्थानीय ५० वर्षीय बसन्त महराको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका महराको गोलबजार हेल्थकेयरमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनापछि फरार रहेको स्कर्पियो र त्यसका चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ।






