कार्कीलाई हटाइएको होइन, थप महत्त्वपूर्ण जिम्मेवारी दिइएको हो : सरकारी वकिल

1200x150_1200x150-01.jpg (1)

काठमाडौं, मंसिर ९ –

दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा सर्वोच्च अदालतमा बहस भइरहेको छ।

न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा सुरुमा कार्कीका कानुन व्यवसायीहरूले बहस गरेका थिए। त्यसपछि सरकारको निर्णयको प्रतिरक्षामा महान्यायाधिवक्ता डा. नारायण कँडेलसहित सरकारी वकिलहरूले बहस गरेका छन्।

कार्कीका कानुन व्यवसायीहरूले उनलाई गैरकानुनी रूपमा जिम्मेवारीबाट हटाएर भूमिकाविहीन बनाइएको भन्दै सरकारको निर्णय बदर गर्न माग गरेका छन्। विगतका नजिरले पनि सरकारले विनाकारण प्रहरी महानिरीक्षकलाई हटाउन नमिल्ने उनीहरूको तर्क छ।

यता, महान्यायाधिवक्ता कँडेलसहित सरकारी वकिलहरूले कार्कीलाई जिम्मेवारीबाट हटाइएको नभई अझ महत्त्वपूर्ण जिम्मेवारी दिइएको दाबी गरेका छन्। उनीहरूका अनुसार प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइनु कार्कीको बढुवा भएकाले त्यसविरुद्ध सर्वोच्च अदालत जान नमिल्ने तर्क गरिएको छ।

कार्कीले दायर गरेको रिटमाथि दुवै पक्षको सुनुवाइपछि सर्वोच्च अदालतले बुधबार नै अन्तरिम आदेश जारी गर्ने वा नगर्नेबारे निर्णय दिन सक्नेछ।

भर्खरै

सम्बन्धित पोस्टहरुः