नेपालको आर्थिक वृद्धिदर घटेर ३.८५ प्रतिशतमा सीमित

1200x150_1200x150-01.jpg (1)

काठमाडौं, मंसिर ९ –

आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ४.४३ प्रतिशत रहेको आर्थिक वृद्धिदर गएको वर्ष घटेको हो।

प्रतिवेदनअनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४.५ प्रतिशत, उद्योगको १३.७ प्रतिशत र सेवा क्षेत्रको योगदान ६१.८ प्रतिशत रहेको छ। सन् २०२५ मा नेपाल भ्रमण गर्ने पर्यटकको सङ्ख्या ०.९५ प्रतिशतले बढेर ११ लाख ५८ हजार ४ सय ५९ पुगेको छ।

प्रदेशगत रूपमा कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको योगदान सबैभन्दा बढी ३६.७१ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ४.२ प्रतिशत रहेको छ।

गएको आर्थिक वर्ष प्रमुख कृषि बालीको उत्पादन ०.८४ प्रतिशतले घटेको छ भने औद्योगिक क्षेत्रको औसत क्षमता उपयोग ४८.१३ प्रतिशतमा सीमित भएको छ।

त्यस्तै, वैदेशिक व्यापारमा निर्यातको तुलनामा आयातको वृद्धिदर उच्च देखिएको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप १२.७२ प्रतिशत र कर्जा प्रवाह ६.५५ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः