search

spot_img
spot_img

गण्डक नहरको डिलमा अतिक्रमण गर्नेहरुको सङ्ख्या बढ्दो

पढ्न छुटाउनुभयो ?

वीरगंज, १ असार/
गण्डक नहरको सरकारी जग्गा अतिक्रमण गरी पसल, घरटहरा बनाउने क्रम बढ्दैछ । पर्साको जानकीटोला, प्रसौनीचोक, महुवन, डोकैला बहुअरी, जगरनाथपुर, वीरगंजको गण्डक, प्रसौनीको गण्डक, फेटा, महागढीमाई, पचरौता, सुवर्ण, सिम्रौनगढलगायत पालिकामा पर्सादेखि रौतहटसम्म गण्डक नहरको डिलमा जग्गा अतिक्रमण गरी पसल, घरटहरा बनाउने क्रम बढ्दै गएको गण्डक नहर व्यवस्थापन गर्ने निकाय नारायणी सिंचाइ व्यवस्थापन कार्यालय, वीरगंजले जनाएको छ ।

सूचना अधिकारी सुरेश साहले सिम्रौनगढ नपा–९ कचोर्वाको बसवरियामा छवटा घर नहरमा पिल्लर ढालेर निर्माण गरिएको र सोसम्बन्धी अतिक्रमणमुक्त गराउन खोज्दा निर्वाचित जनप्रतिनिधि, वडाध्यक्षले नै जग्गा खाली गर्न सहयोग नगरेको कार्यालयले आरोप लगाएको छ ।

आगामी साउनदेखि पर्सा, बारा, रौतहटको क्षेत्रमा पर्ने यी पालिकाका जनप्रतिनिधिहरुको भेला राखेर नहरको डिल खाली गराउने कार्यमा स्थानीय जनप्रतिनिधिको सहयोग गर्न–गराउन निर्णय गर्नेबारे छलफल कार्यक्रम राख्ने र छलफलमा भएको निर्णय अनुसार खाली गराउने अभियान अगाडि बढाउने कार्यालयको तयारी रहेको बताए ।

पर्सादेखि रौतहटसम्म नहरको जग्गामा मात्रै एक हजारभन्दा बढी पसल, घरटहरालगायत निर्माण भएको नारायणी सिंचाइको तथ्याङ्क छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads