वीरगंज । पोर्चुगलमा चर्चित एवं लोकप्रिय नेपाली ‘शेफ’ टंक सापकोटाले बाढीपिडितका लागि ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
बाढीबाट प्रभावित नागरिकको *उद्धार, राहत र पुनर्स्थापना*का लागि सापकोटाले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन् ।
मानवताप्रेमी सापकोटाको सहयोगको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले प्रशंसा गर्दै प्राकृतिक विपत्तिमा परेका नागरिकको राहत तथा उद्धारका लागि गरिएको यो सहयोग प्रशंसनीय र प्रेरणादायी रहेको बताए ।
बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा थोरै भए पनि सहयोग पुर्याउने उद्देश्यले आफ्नो परिवारका तर्फबाट दाजु लक्ष्मीप्रसाद सापकोटा र श्रीमती *सीता सापकोटा*सँग सल्लाह गरेर विपत्तिमा परेकालाई सहयोग गरिएको उनले बताए ।
पछिल्लो ३० वर्ष*देखि पोर्चुगलमा बस्दै आएका बागलुङ, दमेकका सापकोटाले राजधानी *लिस्बन*मा तीन इटालियन र एक नेपाली गरी कुल *चारवटा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन् ।
सापकोटाले गत *१ सेप्टेम्बर*मा चारैवटा रेस्टुरेन्टमा नेपालमा आएको बाढीपिडितको सहयोग, सेवा, राहत, उद्धार र पुनर्निर्माणका लागि *सहयोग डिनर*को आयोजना गरेका थिए । सोही कार्यक्रमबाट संकलित रकम हस्तान्तरण गरिएको हो ।
साथमा रहेका सापकोटाका हितैषी वीरगंज निवासी सुरज कार्की*ले आफ्नो देश र जनतामा विपत्ति आउँदा सापकोटा भाइ सधैं सेवा सहयोग गर्न तयार रहने भन्दै यो नै वास्तविक *राष्ट्रप्रेम भएको बताए । उनले सबैलाई तन, मन र धनले सहयोग र सेवा गर्न आग्रह समेत गरे ।







