नाइजेरियामा विषाक्त धुवाँका कारण ४० जनाको मृत्यु

1200x150_1200x150-01.jpg (1)

वीरगंज , भदौ – १९

नाइजेरियाको रिभर्स राज्यमा तेल प्रशोधन केन्द्रबाट निस्किएको शङ्कास्पद विषाक्त धुवाँका कारण करिब ४० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रशोधन केन्द्रबाट निस्किएको रासायनिक धुवाँका कारण ठूलो संख्यामा मानिस प्रभावित भएका थिए। उच्च मात्रामा खतरनाक ग्यास श्वासप्रश्वासका क्रममा शरीरमा प्रवेश गरेपछि उनीहरूको मृत्यु भएको प्रारम्भिक आशङ्का गरिएको छ।

घटनापछि प्रहरी, स्वास्थ्यकर्मी तथा आपत्कालीन अधिकारीहरू घटनास्थलमा पुगेर उद्धार र उपचारको काम अघि बढाएका छन्। धुवाँमा कुन रसायन मिसिएको थियो र मृत्युको वास्तविक कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।

मृतकको यकिन सङ्ख्या तथा प्रभावित अन्य व्यक्तिको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।

सम्बन्धित पोस्टहरुः