भोटेकोशी बाढीमा ५ हजार ८३ जना अझै सम्पर्कविहीन

1200x150_1200x150-01.jpg (1)

वीरगंज , भदौ १९ –

रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि ५ हजार ८३ जना अझै सम्पर्कविहीन रहेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजारभन्दा बढी विभिन्न होल्डिङ सेन्टरमा रहेका छन्।

बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासीपूर्व र नवलपरासीपश्चिममा हालसम्म १ हजार २५९ शव फेला परेका छन् भने ५ हजार ३८४ जनाको उपचार गरिएको प्राधिकरणले जनाएको छ।

सम्पर्कविहीनको खोजी तथा उद्धारसँगै घाइते तथा बिरामीको उपचार, राहत र सुरक्षित स्थानान्तरणलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ।

सम्बन्धित पोस्टहरुः