बाढीपीडितका लागि ह्याप्पी इनर्जीको २० लाख सहयोग

1200x150_1200x150-01.jpg (1)

वीरगंज , भदौ १९ –

ह्याप्पी इनर्जी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीका सञ्चालकहरूले शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरेका हुन्। मन्त्रालयमार्फत रकम कोषमा जम्मा गरिने जनाइएको छ।

सहयोग रकम ग्रहण गर्दै मन्त्री श्रेष्ठले विपद्को कठिन परिस्थितिमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। उनले आर्थिक सहयोगसँगै नैतिक, भौतिक तथा प्राविधिक सहयोगको समेत आवश्यकता रहेको बताउँदै संकटका बेला ‘जसले जे सक्छ, त्यही सहयोग गर्नु’ अहिलेको प्रमुख आवश्यकता भएको बताए।

सम्बन्धित पोस्टहरुः