पर्सामा जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज , भदौ २१ –

जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका–४ तुलसी बर्वाका ३५ वर्षीय राजवा भन्ने अखिलेश साह तेली रहेका छन् । अदालतबाट १० वर्ष कैद सजाय ठहर भएपछि उनी फरार रहँदै आएका थिए ।

इलाका प्रहरी कार्यालय भिष्वा बञ्जारीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा भदौ २० गते दिउँसो साहलाई उनकै घरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका साहलाई फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा बुझाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।

सम्बन्धित पोस्टहरुः