भारत–अमेरिका व्यापार सम्झौता अन्तिम चरणमा

1200x150_1200x150-01.jpg (1)

एजेन्सी , कार्तिक ६ –

भारत र अमेरिकाबीच प्रस्तावित द्विपक्षीय व्यापार सम्झौता अन्तिम चरणमा पुगेको छ। दुवै देशले व्यापार, रक्षा, प्रविधि र ऊर्जा सुरक्षामा सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।

मुम्बईमा भारतीय विदेशमन्त्री एस. जयशंकर र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच भएको भेटवार्तामा सम्झौता र द्विपक्षीय सम्बन्धबारे छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

रुबियोका अनुसार सम्झौताका केही प्राविधिक विषय मात्र टुङ्ग्याउन बाँकी छन्। सबै विवरणमा सहमति भएपछि मात्रै सम्झौता घोषणा गरिनेछ।

भारत भ्रमणमा रहेका रुबियोले गुजरातको जामनगरमा ऊर्जा सहकार्यबारे पनि छलफल गर्ने कार्यक्रम रहेको छ।

सम्बन्धित पोस्टहरुः