कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित रुङ्गटालाई गृहजिल्लामा भव्य स्वागत

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक ६ –

नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य अनिल कुमार रुङ्गटा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि गृहजिल्ला पर्सामा उनको भव्य स्वागत गरिएको छ।

गृहजिल्ला आएका रुङ्गटालाई स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूले स्वागत गर्दै बधाई र शुभकामना व्यक्त गरेका छन्। उनको निर्वाचित हुनुलाई जिल्लाका कांग्रेस नेता तथा कार्यकर्ताले गौरवको विषयका रूपमा लिएका छन्।

रुङ्गटाको केन्द्रीय सदस्यमा निर्वाचित हुनुले पर्साको राजनीतिक प्रतिनिधित्व थप सशक्त हुने र जिल्लाका जनताका मुद्दा पार्टीको केन्द्रीय तहसम्म पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्टहरुः