वीरगंज, मंसिर ९ –
वीरगंज महानगरपालिका–१३ स्थित पावरहाउस चोकमा ट्रकको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।
बुधबार दिउँसो करिब ३ः२० बजे गण्डकबाट घण्टाघरतर्फ जाँदै गरेको भारतीय नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००५ प ४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका अन्दाजी ४५ वर्षीय मोटरसाइकल चालकलाई उपचारका लागि नारायणी न्युरो अस्पताल पुर्याइएकोमा दिउँसो ३ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको नाम, थर र वतन खुल्न सकेको छैन।
दुर्घटनामा संलग्न ट्रक, मोटरसाइकल र ट्रक चालक भारतको उधमसिंह नगरका अन्दाजी ४२ वर्षीय प्रतमलाल कुमाल (पण्डित) लाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ट्रक चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले जानकारी दिएका छन्।






