जेनजी आन्दोलन नयाँ जागरणको विस्फोट : रवि लामिछाने

1200x150_1200x150-01.jpg (1)

पर्सा , भदौ २३ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरणको विस्फोटका रूपमा उल्लेख गरेका छन् ।

जेनजी शहीद दिवसका अवसरमा वक्तव्य जारी गर्दै लामिछानेले भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत असक्षमता, नागरिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताविरुद्ध युवाहरू सडकमा उत्रिएको बताएका छन् ।

उनले आन्दोलनका क्रममा ज्यान गुमाएका युवा तथा कर्तव्यपालनका क्रममा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । लामिछानेले जेनजीले सडकबाट उठाएका प्रश्नको जवाफ दिने जिम्मेवारी अहिले रास्वपामाथि आएको बताएका छन् ।

जेनजी आन्दोलनले देखाएको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट आफूहरू विचलित नहुने बताउँदै उनले युवा, नागरिक समाज र आम नागरिकलाई निरन्तर खबरदारी तथा कार्यसम्पादनको समीक्षा गर्न आग्रह गरेका छन् ।

सम्बन्धित पोस्टहरुः