बङ्गलादेशी क्रिकेटर शमीम हुसेन लुम्बिनी लायन्समा आबद्ध

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक ७ –

बङ्गलादेशका क्रिकेटर शमीम हुसेन पटवारी नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् ।

लुम्बिनी लायन्सले आज शमीमलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो । बायाँहाते ब्याटिङ र अफ स्पिन बलिङ गर्ने उनी आक्रामक खेलशैली र चुस्त फिल्डिङका लागि परिचित छन् ।

सन् २०२० मा दक्षिण अफ्रिकामा भएको आइसिसी यू–१९ विश्वकप जित्ने बङ्गलादेशी टोलीका सदस्य रहेका शमीमले सन् २०२१ मा जिम्बाब्वेविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए । उनले सन् २०२३ मा अफगानिस्तानविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि पदार्पण गरेका थिए ।

बङ्गलादेश प्रिमियर लिग (बीपीएल) मा विभिन्न टोलीबाट खेलेका उनले सन् २०२४–२५ को संस्करणमा चटगाउँ किङ्सबाट ३५२ रन बनाएका थिए । विदेशी लिगमा भने उनले पहिलोपटक एनपिएल खेल्ने तयारी गरेका छन् ।

एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुँदैछ ।

सम्बन्धित पोस्टहरुः