वेस्ट इन्डिजका ब्याटर शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा आबद्ध

1200x150_1200x150-01.jpg (1)

पर्सा, कार्तिक ७ –

वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् ।

२८ वर्षीय बायाँहाते ब्याटर तथा मध्यम गतिका बलर रदरफोर्डले वेस्ट इन्डिजका लागि ३१ एकदिवसीय र ६१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ८७३ रन र टी–२० अन्तर्राष्ट्रियमा १ हजार १२३ रन बनाएका छन् ।

फ्रेन्चाइज क्रिकेटमा अनुभव बटुलेका रदरफोर्डले क्यारेबियन प्रिमियर लिग (सीपीएल), इन्डियन प्रिमियर लिग (आईपीएल), पाकिस्तान सुपर लिग (पीएसएल), बङ्गलादेश प्रिमियर लिग र लंका प्रिमियर लिगलगायत प्रतियोगिता खेलिसकेका छन् ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले रदरफोर्डको आगमनले टोलीको ब्याटिङ र अलराउन्ड क्षमता थप बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित पोस्टहरुः