बाढीपीडितका लागि पर्सा प्याब्सनद्वारा १५ लाख सहयोग

1200x150_1200x150-01.jpg (1)

वीरगंज , भदौ २३ –

बाढीपीडित तथा प्रभावित परिवारको राहतका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ सहयोग गरेको छ ।

प्याब्सन पर्सामा आबद्ध ४० भन्दा बढी विद्यालयका अभिभावक, शिक्षक–कर्मचारी र विद्यार्थीबाट स्वेच्छिक रूपमा संकलित रकम प्याब्सन मधेस प्रदेशका अध्यक्ष गणेश साहलाई हस्तान्तरण गरिएको हो । उक्त रकम प्याब्सन मधेस प्रदेशमार्फत केन्द्र हुँदै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने जनाइएको छ ।

प्याब्सन पर्साका सचिव अशोक संग्रौलाका अनुसार यो पहिलो चरणको सहयोग हो । दोस्रो चरणमा बाँकी विद्यालयबाट समेत रकम संकलन गरी राहत कोषमा जम्मा गरिनेछ ।

बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले विद्यालय परिवारको सामूहिक सहभागितामा सहयोग संकलन गरिएको प्याब्सन पर्साले जनाएको छ ।

सम्बन्धित पोस्टहरुः