इन्सपेक्टर अधिकारीले फेरि खटाए घुमुवा

1200x150_1200x150-01.jpg (1)

वीरगन्ज । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको कार्यक्षेत्रअन्तर्गतका बजारमा अवैध गतिविधि बढिरहेको स्थानीयले आरोप लगाएका छन् । प्रहरीले प्रभावकारी अनुसन्धान र कारबाही अघि नबढाएको उनीहरूको गुनासो छ ।

लागुऔषध, अवैध मदिरा, भन्सार छलीका सामान तथा नदीजन्य पदार्थको अवैध उत्खनन र ओसारपसार भइरहेको आरोप सार्वजनिक भइरहँदा त्यसलाई नियन्त्रण गर्ने जिम्मेवारी पाएको प्रहरी प्रशासनको निगरानी प्रणालीमाथि नै प्रश्न उठ्न थालेको छ ।मिलनचोक, बडनिहार, हरपुर, मनवा बजार, पञ्चगावा बजार, निचुटा, देउरिया, मनिहरवा लगायतका क्षेत्रमा रहेका केही पसलबाट गाँजा, चरस तथा प्रतिबन्धित पदार्थका साना पुडिया बिक्री हुने गरेको स्थानीयको दाबी छ ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले नयाँ घुमुवाहरु परिचालन गरेका छन् ।

यही अवस्थामा सीमा तथा बजार क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गर्न घुमुवा परिचालनको रणनीति कति प्रभावकारी भइरहेको छ भन्ने प्रश्न थप गम्भीर बनेको छ ।

घुमुवा प्रहरीको मुख्य उद्देश्य सीमा क्षेत्र तथा अपराधका सम्भावित गतिविधिबारे सूचना संकलन गरी सम्बन्धित कार्यालयलाई जानकारी गराउनु र अपराध नियन्त्रणमा सहयोग गर्नु हो ।

तर प्रहरीकै निगरानी क्षेत्रभित्र लागुऔषध बिक्री, अवैध मदिरा उत्पादन, भन्सार छली तथा तस्करीका आरोप निरन्तर आइरहेका छन् भने घुमुवा संयन्त्रले वास्तवमा के सूचना संकलन गरिरहेको छ ? सूचना प्रहरी नेतृत्वसम्म पुगिरहेको छैन कि पुगे पनि कारबाही भइरहेको छैन ? भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ ।

त्यसैगरी बालुवा तथा गिट्टीको अवैध उत्खनन र ओसारपसारसमेत तीव्र रहेको स्थानीयको आरोप छ ।

सम्बन्धित पोस्टहरुः