ठमेलबाट शंकास्पद गतिविधिको आरोपमा १० बंगलादेशी पक्राउ

1200x150_1200x150-01.jpg (1)

पर्सा , भदौ २३ –

ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले १० जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२६ स्थित ठमेलका विभिन्न होटल तथा गेस्टहाउसबाट उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताएका छन् । पक्राउ पर्नेमा फहिमा अक्तार हसनसहित १० जना रहेका छन् ।

प्रहरीका अनुसार उनीहरू होटल ढाका एक्सप्रेस, होटल डि भेढा र होटल अलरहमानलगायत स्थानबाट पक्राउ परेका हुन् । पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि अध्यागमन विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पोस्टहरुः