जनमत पार्टीको दोस्रो महाधिवेशन उद्घाटन, मतदान सुरु

1200x150_1200x150-01.jpg (1)

पर्सा , असोज १७ –

जनमत पार्टीको दोस्रो महाधिवेशन–२०८३ को उद्घाटन सत्र आज सम्पन्न भएको छ भने नयाँ नेतृत्व चयनका लागि मतदानसमेत सुरु भएको छ।

पर्सा जिल्ला अध्यक्ष तथा महाधिवेशन व्यवस्थापन समितिका संयोजक ओमप्रकाश सरार्फको अध्यक्षतामा भएको उद्घाटन समारोहमा सहिद परिवारका तर्फबाट राधा यादव प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्।

समारोहमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जसपा अध्यक्ष उपेन्द्र यादव, रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुली, उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ, नेसपाका अध्यक्ष रिजवान अन्सारी, नेपाली कम्युनिस्ट पार्टीका मातृका प्रसाद यादव तथा स्वतन्त्र अभियन्ता ऋषि धमलालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

महाधिवेशनमा पार्टीको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया अघि बढाइएको छ।

सम्बन्धित पोस्टहरुः