करोडौं जरिवाना र कैद सजाय सुनाइएका व्यापारी वीरगंजबाट पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज मङ्सिर २ –

राजस्व छलीको मुद्दामा ५३ करोड ८१ लाख रुपैयाँभन्दा बढी जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएका एक व्यापारी वीरगंजबाट पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रौतहटको गरुडा नगरपालिका–१ निवासी ३३ वर्षीय गुलसन श्रीवास्तवलाई बुधबार वीरगंज महानगरपालिका–१६, नगवाबाट पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।

प्रहरीका अनुसार श्रीवास्तवले पाँचवटा व्यापारिक फर्ममार्फत नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिजक जारी गरी राजस्व छली गरेका थिए। सोही मुद्दामा उच्च अदालत पाटनले २०८१ वैशाख २४ गते उनलाई ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय सुनाएको थियो।

श्रीवास्तव पाँचवटा व्यापारिक फर्मका सञ्चालक रहेको प्रहरीले जनाएको छ। फैसला कार्यान्वयन नगरी फरार रहेका उनलाई पक्राउपछि सजाय भुक्तानका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराले जानकारी दिएका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः