खैरो हेरोइनसहित एकै परिवारका तीन भारतीय पक्राउ

1200x150_1200x150-01.jpg (1)

मोरङ , मंसिर २ –

मोरङको रंगेली नगरपालिकाबाट करिब ३० ग्राम खैरो हेरोइनसहित एकै परिवारका तीन भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको बिहारस्थित अररिया जिल्लाका ४५ वर्षीय रघुनाथ पासवान, उनकी ४० वर्षीया श्रीमती सकुन्तला पासवान र उनीहरूका छोरा करण पासवान रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, गत कात्तिक ३० गते साँझ ७ बजेर ५० मिनेटमा रंगेली नगरपालिका–४, चोप्राहार बोर्डर क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूको जाँच गर्ने क्रममा सकुन्तलाको साथमा कालो प्लास्टिकमा लुकाइएको २९ ग्राम ४८० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः