पत्रकार यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त शिविर

1200x150_1200x150-01.jpg (1)

बारा , असोज १७ –

बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युरो हस्पिटल एण्ड मेडिकल रिसर्च सेन्टरको सहयोगमा आयोजित शिविरमा करिब ४ सय जनाले स्वास्थ्य परीक्षण गराएका छन्।

स्थानीय नेराप्रावि विद्यालय परिसरमा आयोजित शिविरमा महिला तथा पुरुषको आँखा र दाँत परीक्षणसँगै आवश्यक स्वास्थ्य परामर्शसमेत दिइएको थियो।

ग्रामीण तथा विपन्न समुदायका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको पत्रकार यादवले बताए। उनले पछिल्लो समय जनप्रतिनिधि र नागरिकबीच दूरी बढेको गुनासो सुनिन थालेपछि निःशुल्क स्वास्थ्य परीक्षणका लागि पहल गरेको बताए।

यादवले पत्रकारितासँगै स्थानीय नागरिकको सुख–दुःखमा आफ्नो तर्फबाट सहयोग र साथ जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

शिविर सञ्चालनमा स्थानीय युवाहरू सन्तोष यादव ‘भोला’, राजेश पण्डित, मनोज मण्डल, सरोज मण्डल, यश मण्डल र कमलेश मण्डललगायतको सहभागिता रहेको थियो।

सम्बन्धित पोस्टहरुः