बाढीमा बेपत्ता भएका परिवारलाई वीरगंज युवा समाजद्वारा राहत सहयोग

1200x150_1200x150-01.jpg (1)
वीरगंज, १७ असोज ।
रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका सवारी चालक मुन्ना अन्सारीको परिवारलाई वीरगंज युवा समाजले राहत प्रदान गरेको छ ।
वीरगंज महानगरपालिका–२७, उदयपुर घुर्मी (कोहडी)का स्थायी निवासी अन्सारी परिवारको एक मात्र कमाउने व्यक्ति मुन्ना बाढीमा बेपत्ता भएपछि उनकी श्रीमती रूबी खातुन, चार नाबालकहरू तथा वृद्ध आमा–बुवा गम्भीर आर्थिक तथा मानसिक संकटमा परेको थाहा पाएपछि वीरगंज युवा समाजको टोलीले खाद्यान्न, नयाँ लत्ताकपडा, सरसफाइका सामग्रीका साथै नगद रू. ७५०५/– समाजका अध्यक्ष संजीव थापालगायतले सहयोग गरेका छन् ।
कार्यक्रमका संयोजक मनोज गुप्ता, पर्सा जिल्ला फुटबल संघका अध्यक्ष रोशन गुप्ता, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, संस्थाका सचिव बिनोद धिमाल, कोषाध्यक्ष सुशील श्रेष्ठ, सलाहकार मार्टीन मोक्तान, सदस्य सुदेश लाखे, सुमन पौडेल, राज भण्डारी, पुष्पराज कोईराला, बिपिन भण्डारी, काजल कोइराला, मंजु भण्डारी, रोजी प्रधानलगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित पोस्टहरुः