सशस्त्र प्रहरी, पर्साद्वारा धमाधम अवैध सामान नियन्त्रणमा लिई भन्सार बुझाउँदै

1200x150_1200x150-01.jpg (1)

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साले विभिन्न अवैध सामान र सामान ओसार्ने सवारी साधनहरु नियन्त्रणमा लिई आवश्यक कारबाईको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

असोज १६ गते वीरगंज–१६ ईनर्वा बलिरामपुरस्थित सीमा सुरक्षा गुल्म वीरगंजको टोलीले भारतबाट अबैध रूपमा भन्सार छलि मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउदै गरेको मुल्य रू. २ लााख ५१ हजार ८२०।– बराबरको कपडा र मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ।

सोही टोलीले वीरगंज–१६ भन्सार मेनगेट इलाकाबाट १ लाख १२ हजार ८००।– बराबरको स्मार्ट टि.भी. र टाँगा, घोडा सहित नियन्त्रणमा लिई आवश्यक कारबाईको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।

त्यसैगरि वीरगंज–१ बोरिङ्ग स्थित सीमा इलाकामा बि.ओ.पि. सिर्सियाबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली झाडीमा लुकाई छिपाई राखेको अवस्थामा १ लाख ७३ हजार ७१०।– बराबरको कपडा, हार्डबेयरका सामानहरू बरामद गरि आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।

त्यसै गरि असोज १७ गते पर्साको पकाहाँमैनपुर गा.पा.–५ सबैठवा स्थित सीमा इलाकामा सीमा सुरक्षा गुल्म हेडक्वार्टर लहावरथकरीबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा चारजना ब्यक्तिहरूले टाउकोमा बोकी नेपाल ल्याउँदै गरेको रू. ३ लाख बराबरको विभिन्न किसिमको कपडाहरू बरामद गरि आवश्यक कारबाईको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाउने प्रक्रियामा रहेको छ भने आजै वीरगंज–१६ ईनर्वा स्थित सीमा सुरक्षा कार्यालय वीरगंजबाट खटिएको टोलीले भारतबाट अबैधरूपमा भन्सार छलि २ जना ब्यक्तिले ल्याउँदै गरेको रू.६० हजार बराबरको एसी नियन्त्रणमा लिई आवश्यक कारबाईको लागि वीरगंज भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको छ ।

असोज १६ गते जिल्ला पर्सा वीरगंज म.न.पा.–२५ खल्वा स्थित बि.ओ.पि. ड्राईपोर्ट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली दुईजना व्यक्तिले टाउकोमा बोकी नेपाल ल्याउदै गरेको मुल्य ४ लाख २७ हजार ३८०।– बराबरको मानिसले प्रयोग गर्ने विभिन्न औषधीहरू बरामद गरी आवश्यक कारबाईको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ।

वीरगंज म.न.पा.–३१ स्थित भेडाहा खोलामा सुरक्षा बेश बेलवाबाट खटिएको टोलीले भेडाहा खोलामा अवैध रूपमा बालुवा उत्खन्न गरि ट्रयाक्टरमा लोड गरि रहेको अवस्थामा ना ५ त ४८४० नम्बरको सोनालिका ट्रेक्टर नियन्त्रणमा लिई आवश्यक कारबाईको लागि जिल्ला समन्वय समिति कार्यालय वीरगंज, पर्सामा बुझाएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले जानकारी गराएका छन् ।

सम्बन्धित पोस्टहरुः