वीरगंज । पर्सा जिल्ला वन पैदावार आपूर्ति समितिको बैठक अध्यक्ष बलिअर अहमदको अध्यक्षतामा सम्पन्न भएको छ ।
बैठकमा समितिका पदाधिकारी तथा आमन्त्रित अधिकारीहरूको उपस्थितिमा विभिन्न प्रस्तावमाथि छलफल निर्णयहरू गरिएका छन।
बैठकले आर्थिक वर्ष २०८३–०८४ को वार्षिक कार्ययोजना तथा कार्यक्रम सम्बन्धमा विस्तृत छलफल गरी स्वीकृतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।
समितिबाट तयार गरिएको वार्षिक कार्ययोजना तथा कार्यक्रमलाई स्वीकृतिका लागि प्रदेश वन निर्देशनालय, जनकपुरधाममा सिफारिससहित पठाउने निर्णय गरिएको छ।
साथै, बैठकले वन पैदावारको व्यवस्थित आपूर्ति, व्यवस्थापन तथा उपभोक्ताको हितलाई ध्यानमा राख्दै आगामी कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत विशेष जोड दिएको छ।
बैठकमा सदस्यहरू निरन्जन साह सोनार, कृष्ण थापा, मुकेश प्रजापति, मिन्टु देवी सिंह र रामनिवास यादव, सदस्य–सचिव तथा वन अधिकृत नवनीत मिश्र, नि.डि.व.अ. राकेश रंजन दास, वन अधिकृतद्वय आरिफ हुसैन र रियाज अहमद अंसारी, लेखा अधिकृत रंजन कुमार कर्ण तथा कम्प्युटर अपरेटर राजिव कुमार श्रीवास्तवको पनि सहभागीता रहेको थियो।






