पाँचखाल , मङ्सिर २ –
काभ्रेको पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
विदेशी नागरिकले शङ्कास्पद गतिविधि गरिरहेको गुनासोपछि प्रहरीले रिसोर्टमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पक्राउ पर्नेमा ३१ जना पुरुष र ५ जना महिला रहेका छन् । प्रहरीले रिसोर्टका दुई कोठाबाट ठूलो सङ्ख्यामा ल्यापटप र मोबाइलसमेत बरामद गरेको छ ।
उनीहरूले दुईवटा कोठा भाडामा लिएर कार्यालयजस्तो संरचना बनाएको पाइएको प्रहरीले जनाएको छ ।
उनीहरू के उद्देश्यले नेपाल आएका हुन् र के गतिविधिमा संलग्न थिए भन्ने खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







