फेसबुकमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना पक्राउ

1200x150_1200x150-01.jpg (1)

पर्सा , मङ्सिर २ –

सर्लाहीमा सामाजिक सञ्जाल फेसबुकमार्फत प्रहरीबारे भ्रामक सूचना फैलाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मलंगवा नगरपालिका–४ का २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका–४ गडहिया टोलका ३२ वर्षीय आलम बैठा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनीहरूले प्रहरीसँग सम्बन्धित घटनाबारे वास्तविकताभन्दा फरक सूचना फेसबुकमार्फत प्रकाशन तथा प्रसारण गरी सर्वसाधारणमा भ्रम सिर्जना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रसाद गौतमले प्रहरीको कामकारबाहीबारे भ्रम फैलाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः