जेनजी आन्दोलनको दिनलाई संकल्प दिवस बनाउनुपर्छ : मन्त्री गौतम

1200x150_1200x150-01.jpg (1)

पर्सा , भदौ २३ –

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलनको एक वर्ष पुगेको दिनलाई केवल स्मरण गर्ने नभई यस्ता घटना पुनः दोहोरिन नदिने संकल्प गर्ने दिन बनाउनुपर्ने बताएकी छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत आन्दोलनमा ज्यान गुमाएका युवालाई स्मरण गर्दै गौतमले उनीहरूको बलिदानलाई राज्य सुधारको आधार बनाउनुपर्ने बताएकी हुन् । गत वर्ष भदौ २३ गते सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार, बेथिति, कुशासन र नेपोटिज्मको विरोधमा जेनजी पुस्ताले प्रदर्शन गरेको थियो ।

प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १९ युवाले ज्यान गुमाएका थिए । त्यसको भोलिपल्ट आन्दोलन थप चर्किएर देशभर फैलिएको थियो ।

गौतमले भीड नियन्त्रणका कम घातक उपाय हुँदाहुँदै निहत्था नागरिकमाथि गोली चलाइनु दुःखद भएको बताउँदै राज्यसँग शक्ति जति ठूलो हुन्छ, त्यति नै संयम र जवाफदेहिता आवश्यक हुने उल्लेख गरेकी छन् ।

जेनजी आन्दोलनको बलिदानले आगामी सरकारलाई आफ्नो मर्यादा, सीमा र जिम्मेवारी सम्झाइरहने भन्दै उनले आन्दोलनबाट पाठ सिकेर आवश्यक सुधार र प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने बताएकी छन् ।

सम्बन्धित पोस्टहरुः