हङकङसँग १५ रनले हार्‍यो नेपाल, समूह विजेता बन्दै सेमिफाइनलमा

1200x150_1200x150-01.jpg (1)

पर्सा भदौ २३ –

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले पहिलो हार बेहोरेको छ । मंगलबार क्वालालाम्पुरस्थित बायुमास ओभलमा भएको खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको हो ।

हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमा अलआउट भयो । नेपालका लागि इशान पाण्डेले ९० रनको उत्कृष्ट पारी खेले भने आसिफ शेखले ४४, दीपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ र गुलशन झाले २० रन बनाए । हङकङका अइजाज खानले चार तथा यासिम मुर्ताजाले दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको थियो । उसका लागि बाबर हयातले अविजित ११७ रन तथा शाहिद वासिफले ४५ र एहसान खानले अविजित ३५ रन बनाए । नेपालका सन्दीप लामिछानेले चार तथा शेर मल्लले तीन विकेट लिए ।

हारका बाबजुद नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपालले यसअघि बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गर्दै तीन खेलमा जित निकालेको थियो ।

सम्बन्धित पोस्टहरुः