गौरको सीमा क्षेत्रमा ९ एमएमका २७ थान गोलीजस्तो वस्तु बरामद

1200x150_1200x150-01.jpg (1)

रौतहट , मंसिर २ –

रौतहटको गौर नगरपालिका–१ स्थित कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका गोलीजस्तो देखिने २७ थान वस्तु बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौर र भन्सार सुरक्षा गार्ड गौरबाट खटिएको संयुक्त टोलीले मंगलबार गस्तीका क्रममा सेतो प्लास्टिकको झोलामा बेवारिसे अवस्थामा ती वस्तु फेला पारेको हो।

बरामद वस्तु ९ एमएम राउन्डजस्तो देखिए पनि कसले र कुन प्रयोजनका लागि त्यहाँ राखेको भन्ने खुलेको छैन। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने सशस्त्र प्रहरीले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः